Homeसमाचारकाठमाडौंको १८ सय मत गणनाः बालेनले बढाए अग्रता, कसको कति ?

काठमाडौंको १८ सय मत गणनाः बालेनले बढाए अग्रता, कसको कति ?

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मेयरका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।

शनिवार राति ९ बजेसम्म १८ सय मतगणना हुँदा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । पछिल्ला परिणामअनुसार तन्त्र उम्मेदवार बालेन शाह ६३३ मतका साथ अग्रस्थानमा छन्।

वडा नम्बर १, २, ३, ४ र ३२ को १९८० मत गन्दा बालेनले सबै प्रतिष्पर्धीलाई उछिनेका हुन्। उनलाई एमालेका केशव स्थापितले ४७४ मतका साथ पछ्याइरहेका छन्। अग्रता लिइरहेका बालेन र स्थापितको मतान्तर १ सय ३९ छ ।

गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३५ मत पाएकी छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८२ मत पाएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२, राप्रपाका मदनदास श्रेष्ठले ६८ र विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत पाएकी छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता कायम राखेकी छिन् । उनले ६०२ मत पाएकी छिन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read