Homeफिल्मसेलिब्रेटीअभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन । गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचालाई पुत्र लाभ भएको छ ।

यति बेला सामाजिक सञ्जालमा ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो बाहिरिएको छ ।उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए।

उमा, लुट लगायतको दर्जनौँ चलचित्रमा काम गरिसकेकी ऋचा हालै कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा जजको रूपमा रहेकी थिइन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो साताबाट कमेडी च्याम्पियनमा उपस्थित नहुने जानकारी समेत गराएकी थिइन ।

अभिनेत्री ऋचा शर्मा संगसंगै अभिनेत्री प्रियंका कार्की पनि चाढै आमा बन्दै छिन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read