सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा २ को वडाध्यक्षमा दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट छिनोफानो गरेको छ।
आइतवार बिहान अन्तिम मत परिणामअनुसार कांग्रेसका छबिलाल न्यौपाने र माओवादी केन्द्रका पुरुषोत्तम सापकोटा दुबै जनाले ४९५ मत पाए।
मत बराबर भएपछि सहमतिमा गोलाप्रथा गर्दा चिट्ठा छबिलालको पक्षमा पर्यो। छबिलाल यसअघि पनि यस वडाको वडाध्यक्षमा निर्वाचित प्रतिनिधि हुन्।