Homeसमाचारसुत्केरीलाई भाले र घिउ उपहार

सुत्केरीलाई भाले र घिउ उपहार

सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउनुपर्ने सन्देश दिन कपिलवस्तुमा सुत्केरीलाई कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ ।

वाणगंगा नगरपालिका १ ले वडाभित्रका स्वास्थ्य संस्थामा प्रसुती गराएका ५५ जना आमाहरुलाई उक्त उपहार प्रदान गरेको हो । वडाअध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले प्रत्येकलाई लोकल कुखुराको भाले र एक केजी घिउ उपहारस्वरुप प्रदान गर्नुभएको छ ।

सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश फैलाउने उद्देश्यको निम्ति नयाँ खालको कार्यक्रम ल्याइएको अध्यक्ष पौडेलले बताउनुभयो ।चालु आर्थिक वर्षभित्र वडाका सुत्केरीलाई लक्षित गरिएको कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलनसमेत अन्त्य भएको छ ।

विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहारसुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्यप्रति गरिने खर्चलाई बोझको रुपमा नलिई लगानीको रुपमा लिन यस्तो व्यवस्था गरिएको वडासचिव नरेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read