Homeसमाचारकाठमाडौँमा स्वतन्त्र उमेद्वार बालेनले तहल्का पिट्दा धनगढीका स्वतन्त्र उमेद्वार गोपी हमालको के...

काठमाडौँमा स्वतन्त्र उमेद्वार बालेनले तहल्का पिट्दा धनगढीका स्वतन्त्र उमेद्वार गोपी हमालको के छ अवस्था ?

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले तहल्का पिटिरहदा धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले पनि आफ्नो क्षेत्रमा अग्रता लिईरहेका छन्।

४ हजार ३५२ मत गणना हुँदा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्। हमालले १ हजार ९५६ मत ल्याएका छन्।

उनलाई नेपाली कांग्रेसका नृपबहादुर वडले १ हजार १६२ मतसहित पछ्याइरहेका छन्। नेकपा एमालेका रणबहादुर चन्दले ३१५ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुशीला अधिकारीले ९७३ मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६८६ र एमालेकी कन्दकला रानाले ६६३ मत ल्याएकी छन्।

मतगणना जारी छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read