Homeसमाचारकोभिड सङ्क्रमण भएको कति दिनपछि खोप लगाउनु उपयुक्त हुन्छ?

कोभिड सङ्क्रमण भएको कति दिनपछि खोप लगाउनु उपयुक्त हुन्छ?

पछिल्लो समय नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर पछिल्लो समय उच्च देखिएको विज्ञहरूले बताइरहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार हाल देशभरि करिब ९० हजार सक्रिय सङ्क्रमित छन्। बढ्दो सङ्क्रमण दर घटाउन र सङ्क्रमण पछिको जोखिम नियन्त्रणका लागि सरकारले कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई पनि तीव्र बनाइएको जनाएको छ।
काठमाण्डूसहित केही स्थानमा पूर्ण मात्रा खोप लगाएको छ महिना पूरा भएका मानिसहरूलाई बुस्टर मात्रा समेत उपलब्ध गराउन थालिएको छ। अतिरिक्त मात्रा विशेषगरी अग्रपङ्क्तिमा रहेका, दीर्घरोगी र वृद्धवृद्धामा केन्द्रित छ।

सङ्क्रमणको त्रास र त्यसले निम्त्याउने जोखिमबाट जोगिने प्रयासबीच सङ्क्रमण भएको कति दिनपछि बूस्टर मात्रा लगाउनु उपयुक्त हुन्छ भन्ने विषयमा मानिसहरूमा चासो बढेको छ। सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार सङ्क्रमण दर बढेसँगै आममानिसले खोपसम्बन्धी प्रश्न सोध्ने क्रम बढेको छ।

सङ्क्रमण भएको कति समयमा खोप लगाउन मिल्छ?
सामान्य अवस्थामा सङ्क्रमण भएको तीनदेखि छ महिनासम्म कोभिड-१९ विरुद्धको खोप लगाउन नपर्ने विज्ञहरू बताउँछन्। डा. अधिकारी भन्छन्ः ”सङ्क्रमण भएपछि व्यक्तिको शरीरले भाइरसविरुद्ध प्राकृतिक रूपमा काम गर्छ। त्यसैले खोपका लागि ढुक्कसँग तीनदेखि छ महिना कुर्दा हुन्छ।”

अर्का सङ्क्रामक रोग विज्ञ डा. अनूप सुवेदी भने दुई महिनापछि खोप लगाउन हुने बताउँछन्। उनी भन्छन, “ओमिक्रोनको लहर उर्लिएर आउँदा बूस्टर मात्रा लगाउन पाए सङ्क्रमण भइहाल्दैन कि भन्ने हेतुले खोप लगाउन थालिएको हो। यदि अहिले कसैलाई सङ्क्रमण भइसकेको छ भने खोप लगाउन हतार गर्नु पर्दैन।”

अहिले सङ्क्रमित भएका मानिसहरूमा विकास हुने एन्टिबडीका कारण एकदेखि दुई महिनाभित्र फेरि सङ्क्रमण हुने सम्भावना शून्यप्रायः रहेको सुवेदी बताउँछन्। अहिले लगाएको खोपले नयाँ सङ्क्रमणविरुद्ध काम गर्छ या गर्दैन यकिन गर्न नसकिने भएकाले पनि सङ्क्रमण भएकाले खोप लगाउन हतार गर्नु नपर्ने उनको तर्क छ। उनले भने,”कहिले कस्तो खालको भेरिअन्ट आउँछ थाहा छैन। त्यसविरुद्ध अहिले लगाएको बूस्टरले खोपले काम नगर्न सक्छ। फरक खोप लगाउनुपर्ने हुनसक्छ।“

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read