Homeमनोरञ्जनआजदेखि सिनेमा हलमा दुई नेपाली फिल्म : ‘दुई कदम’ र ‘जम्प’

आजदेखि सिनेमा हलमा दुई नेपाली फिल्म : ‘दुई कदम’ र ‘जम्प’

आज शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन । फिल्म हुन् ‘जम्प’ र ‘दुई कदम’ । । ‘दुई कदम’ उदय सुब्बाले निर्देशन गरेका हुन्, भने ‘जम्प’का निर्देशक आशुतोष ध्वज कार्की रहेका छन् ।

इओन लिम्बु र सिमोन गिरीको मुख्य भूमिका रहेको ‘दुई कदम’ अजम्मरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । तारा देवी लिम्बु निर्माता रहेको फिल्ममा इओन र सिमोनका अलवा गौरव पहाडी, सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्मा लगायतको अभिनय छ भने फिल्मको विशेष भूमिकामा अभिनेता विल्सन विक्रम राई र वर्षा सिवाकोटी पनि देखिएका छन् । मुस्ताङमा एक गीतको सुटिङ गरिएको फिल्मको बाँकी छायाङ्कन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा छ ।

फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् ।

आज प्रदर्शनमा आएको अर्को चलचित्र ‘जम्प’ साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको हो । क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको इशा खड्का कार्यकारी निर्माता रहेकी छन् ।

सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कँडेलको अभिनय रहेको फिल्ममा निर्माता क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read