Homeसमाचारखराब मौसमले आकाशमै चक्कर लाईरहेका ४ जहाज आकासमै इन्धन सकिन लागेपछि ढाका...

खराब मौसमले आकाशमै चक्कर लाईरहेका ४ जहाज आकासमै इन्धन सकिन लागेपछि ढाका र कलकत्ता डाइभर्ट अरु ४ विमान आकाशमै होल्ड

काठमाडौं स्थिति त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आकाशमै इन्धन सकिन लागेपछि ४ विमानलाई भारत र बंगलादेश डाइभर्ट गरिएको छ । यस्तै ४ विमान आकाशमै होल्ड भएका छन् ।

अस्ती परेको बर्षा तथा हिमपातका कारण बिग्रिएको मौसम अझै सुधार हुन् सकेको छैन। मौसम सुधार हुने आशामा अवतरणको तयारीमा रहेका ८ अन्र्तराष्ट्रिय उडान शुक्रबार बिहानको खराब मौसमको चपेटामा परेका छन् ।

बिहान ‘जिरो’ भिजिविलिटीका कारण त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल बन्द भयो । विमान स्थल खुल्ने आशामा विदेशबाट आएका ८ अन्र्तराष्ट्रिय उडानले काठमाडौं देखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटे ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार आकाशमा चक्कर काटिरहेका ४ बिमानको इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरर्पोट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको छ । कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट गएको छ ।

यस्तै कतार एयरको एउटा विमान, हिमालयन एयरका दुई विमान, नेपाल एयरलाइन्सकाको एउटा विमान आकाशमा होल्डमा रहेका छन् । यी विमानले काठमाडौं र सिमराको आकाशमा चक्कर काटिरहेका छन् । विमानस्थल स्रोतका अनुसार यी विमानहरु दुबई र दोहाबाट काठमाठौं आएका हुन् ।

बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण विमानस्थलको भिजिविलिटी जिरो अवस्थामा पुगेको थियो । विमानस्थल बन्द हुँदा आन्तरिक उडान पनि प्रभावित बन्यो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read