Homeअन्तर्राष्ट्रिय७३ वर्षीया वृद्धाले आफ्नो विवाहका लागि दुलाहा खोज्न विज्ञापन छपाएपछि…

७३ वर्षीया वृद्धाले आफ्नो विवाहका लागि दुलाहा खोज्न विज्ञापन छपाएपछि…

भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक महिलाले विवाहको विज्ञापन दिएकी हुन् ।

उनको विज्ञापनमा एक ६९ वर्षीय वृद्धले प्रतिक्रिया पनि दिएका छन् ।​ विज्ञापनमा उनले आफूभन्दा बढी उमेरका जीवनसाथीको कुरा गरेकी छन् । महिलाले आफ्नो विज्ञापनमा आफूले एक्लो जीवन बिताइरहेको र उनलाई जीवनसाथीको खोजी भएको बताएकी छन् ।

ती महिलाको पहिलाका श्रीमान्सँग सम्बन्धविच्छेद भएको र पहिलो विवाहमा आफ्नो अनुभव निकै भयानक भएको बताएकी छन् । यो विज्ञापनले धेरैको ध्यान आकर्षित गरेको छ । युवाहरुले ती वृद्धा महिलाको निर्णय र विज्ञापनलाई सकारात्मक लिएको पाइएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read