सुन्दा अचम्म लाग्ला तर प्रहरीले आफ्नो सबै काम छोडेर गधाको खोजीमा उत्रिएको छ ।भारतको राजस्थानस्थित हनुमानगढ जिल्लामा लगातार गधाको चोरी भइरहेका कारण प्रहरी गधाको खोजीमा जुटेको हो ।
चोरी गर्नेहरुको खोजी गर्न प्रहरीले समूह बनाएको छ भने मानिसलाई आफ्नो गधा घरमा नै राख्न सल्लाह दिएका छन् । भारतको हनुमानगढ जिल्लाको नोहर तहसीलको खुइयाँ थाना क्षेत्रका थुप्रै गाउँमा १० डिसेम्बरदेखि नै गधाको चारी भएको समस्या लिएर मानिस थाना पुगेका छन् ।
केही दिनसम्म सुनुवाई नहुँदा स्थानीय जनप्रतिनिधिका साथै गधाका मालिकले २८ डिसेम्बरमा गधाको खोजी गरिदिन माग गर्दै खुइयाँ थानामा धर्ना दिए ।प्रहरीले १५ दिनमा गधा भेट्टाइदिने आश्वासन दिएपछि धर्ना समाप्त भयो ।
गाउँका गोठाला पवनसँग ठूलो संख्यामा भेडा छन् । उनका तीनवटा गधा चोरी भएको उनले दाबी गरेका छन् ।उनले फोनमा बीबीसीलाई भनिन्, ‘९ तारिखको रातीदेखि नै गधाको चोरी भइरहेको छ । कसैका दुई त कसैका तीन गधा चोरी भएका छन् । हाम्रो गाउँमा हालसम्म १६ वटा गधा चोरी भएका छन् ।’
गधा चोरी भएपछि खुईयाँ थानामा गोठालासँग धर्ना दिन पुगेका माकपादेखि पञ्चायत समिति सदस्य मंगेज चौधरीले बीबीसीसँग भने, ‘गधा चोरीको मामिलाको विषयमा हामीले थुप्रैपटक प्रहरीलाई भेट्यौं । तर प्रहरीले दुईचार दिनको समय मागेका छन् । हामीले गोठालासँग मिलेर २८ डिसेम्बर दिनभरी थानामा धर्ना दियौँ । त्यसको साँझ डेप्युटी एसपीले धर्नामा पुगेर १५ दिनमा गधा खोजिदिने समय मागेका छन् ।’
बीबीसी