Homeखेलकुदक्यानको पछिल्लो निर्णय र आफ्नो कप्तानी बारे सन्दिप लामिछानेको यस्तो भनाई

क्यानको पछिल्लो निर्णय र आफ्नो कप्तानी बारे सन्दिप लामिछानेको यस्तो भनाई

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएर कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।

क्यानको बुधबार बसेको बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिएका हुन् । उनका अनुसार अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।

अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय भएको छ ।

क्यानको निर्णय संगै कप्तानीको जिम्मेवारी पाएका नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप अहिले होबार्ट हरिकन्सबाट अस्ट्रेलियाको बिग बास लिगमा खेलिरहेका छन् । उनको नियुक्तिप्रति टोलीभित्रैबाट केही विरोध स्वर पनि आएको छ ।

नयाँ कप्तान बनेपछि सन्दीप लामिछानेले कप्तानको रूपमा कत्तिको उत्साहित हुनुहुन्छ ? भन्ने प्रश्नमा ‘उत्साहितभन्दा पनि यस्तो टिम र प्रतिभाले भरिएको टोलीको नेतृत्व गर्न पाउनु राम्रो अवसर हो । मेरो परिवार र साथीहरूका लागि गौरवको विषय हो । अतिरिक्त जिम्मेवारीको महसुस भएको छ । मेरा लागि सम्मान पनि हो ।’ , भन्ने कुरा व्यक्त गरेका छन्।

उनी भन्छन , ‘ एकैचोटि यत्रो आशा त थिएन । तर, मैले नेपालको यू–१९ टोलीको कप्तानी गरिसकेको थिएँ । भर्खरै घरेलु क्रिकेटमा कप्तानी गर्ने अवसर मिलेको थियो । मेरा लागि यो नौलो कुरा थिएन, केही समयदेखि नै म तयार हुँदै आएको थिएँ । यो कठिन परीक्षण हो । तर, म यसको प्रतीक्षामा छु । घरेलु क्रिकेटमा कप्तानी गर्नु र राष्ट्रिय टोलीको कप्तानी गर्नुमा ठूलो फरक छ, चुनौतीपूर्ण पनि छ ।’

क्यान र खेलाडीबीच जुहारी चलिरहेको छ, क्यानले चार खेलाडीमाथि कारबाही गरेको अवस्थामा उनले यो घटनाक्रम पछिल्लो केही सातादेखि आफुले पनि हेर्दै आएको र यो सबै हेर्दा निकै दुःख लागेको बताउछन। उनले आफु नेपाल आएपछि समस्या समाधानका लागि केही छलफल हुन्छ भने त्यसका लागि पनि तयार रहेको बताउछन। उनी भन्छन,’ नेपाली क्रिकेटभन्दा ठूलो कोही छैन र हुने पनि छैन त्यसैले मलाई आशा छ, यहाँबाट सबैले काँधमा काँध मिलाएर नेपालको क्रिकेटबारे सोचेर हिँड्ने छौं ।’

आफुलाई कप्तान बनाइरहँदा टिमभित्रैबाट विरोध आउनुको कारण यहि भन्न नसक्ने उनले बताए। उनी भन्छन। ‘सबैको फरक धारणा हुन सक्छ । जसले जे भने पनि म सबैको धारणाको सम्मान गर्दछु, त्यो ठीक होस् वा गलत । उहाँहरू मेरो टिमभित्रकै खेलाडी हुनुहुन्छ, नजिक पनि छु । अन्त्यमा हामी सबै नेपालका लागि खेलिरहेका छौं । म शतप्रतिशत निश्चिन्त छु आउने दिनमा सबैले मलाई सहयोग गर्नुहुनेछ । शब्दहरूले अहिले नै म केही गर्न सक्दिनँ । नेपाल आएपछि केही परिवर्तन गर्नुपर्नेछ भने वा कुरा गर्नुपर्छ भने म त्यसलाई तयार छु ।’

कप्तानको रुपमा एकै पटक अहिले केही नसोचे पनि नेपाललाई ग्लोबल छनोट हुदै विश्वकपमा पुर्‍याउने लक्ष्य लिएको बताउछन। मैदानभित्र आक्रामक हुने कुरालाई उनले भारतमा महेन्द्रसिंह धोनी र विराट कोहलीको उदाहरण दिदै त्यसले खासै फरक नपार्ने बताए बरु टिमलाई आक्रामक स्वभाव वा शान्त स्वभाव चाहिएको छ, त्यसमा भरपर्ने कुरा बताए । उनी भन्छन ,’मेरो टिमले मलाई पहिलो ओभर माग गरेको छ भने म निश्चय पनि आक्रामक नै हुन्छु । यो सबै स्थितिमै भरपर्छ ।’

‘कप्तानका रूपमा आफैंलाई पहिलो ओभर लिएर आउन माग गर्छ भने म पहिलो ओभर नै आउँछु’, उनले भने।

 

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read