Homeमनोरञ्जननायिका केकी अधिकारीको आज जन्मदिन , कति वर्षाकि भईन केकी ?

नायिका केकी अधिकारीको आज जन्मदिन , कति वर्षाकि भईन केकी ?

नायिका केकी काठमाडौंको जोरपाटीमा सन् १९८९ को १७ डिसेम्बरमा जन्मेकी हुन् । आजबाट केकी आफ्नो जीवनको ३१ वर्ष पार गरेर ३२ बर्षकी भइन । पिता बद्रि अधिकारी र माता लक्ष्मी अधिकारीको कोखबाट जन्म लिएकी केकी निकै चन्चल र फुर्तिलो स्वभावकी छिन् ।

केकी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् ।

चलचित्र जगतमा एक वौद्धिक नायिकाको रुपमा पनि केकीलाई बुझ्ने गरिन्छ। केकी अधिकारीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी छन् । केकीले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटीबाट पास गरेकी हुन् । केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँबाट एसएलसी पास गरेकी हुन्। उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेजबाट उतिण गरेकी उनी नेपाली चलचित्र क्षेत्रमा अतुलनीय भुमिका निर्भाह गर्दै आएकी छिन् ।

केकीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी गर्दै आएकी थिन । केकीले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् ।

केकीले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेस, छक्का पन्जा ३ मा बलियो अभिनयले सबैको मन लोभ्याएकी छिन ।

केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँबाट एसएलसी पास गरेकी हुन्। उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेजबाट उतिण गरेकी उनी नेपाली चलचित्र क्षेत्रमा अतुलनीय भुमिका निर्भाह गर्दै आएकी छिन् ।

केकीको प्रथम अभिनय रहेको सिनेमा स्वर बाट नेपाली सिनेमामा प्रबेश गरेकी केकी नेपाली दर्शकको मनमा बस्न सफल भइसकेकी छन् ।

नायिका केकी अधिकारीलाई जन्मदिनको हार्दिक शुभकामना।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read