Homeजीवनशैलीतपाईंले मन पराएको केटीलाई सोध्नु नहुने कुराहरु

तपाईंले मन पराएको केटीलाई सोध्नु नहुने कुराहरु

भनिन्छ, केटीलाई चिन्नु असम्भव जस्तै कुरा हो । केटीका सबै लक्षण तथा प्रतिक्रियाहरु अविश्वसनीय तथा दुर्वोध्य हुन्छन्, जसलाई खुट्याउनै सकिन्न भन्छन् मनोविज्ञहरु । आफुले थाहा नै नपाउने गरी आफुले मन पराएको केटीसँग गरेको कुराकानीले तपाईलाई ऊबाट टाढा बनाएको पनि हुन सक्छ । त्यसैले तपाईले आफुले मन पराएको केटीसँग गर्ने कुराकानीका क्रममा धेरै कुराहरू विचार गर्नुपर्ने हन्छ । झन् पहिलो भेटमा त धेरै कुराहरू विचार गर्नुपर्ने हुन्छ । केटा ले सकेसम्म केटीलाई आफूतिर आकर्षित गर्न आफ्ना कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ । तपाईंले मन पराएको केटीलाई सोध्नु नहुने कुराहरु यस प्रकार छन् ।

१. पहिलो भेटमा सकेसम्म केटीलाई उनलाई किस गर्ने कुरा मनमा नै नल्याउनुहोस । केही उदार देखिन केटीले हुन्छ भनेपनि उनको मनमा के लाग्छ भने यो केटामा केटीप्रति आकर्षण छैन् र केटा ले आफूलाई पछी वेवास्ता गर्नसक्छ भन्ने मनमा पर्छ र भविष्यमा उनले उक्त केटा लाई नो भनेर पर भाग्न सक्छिन् ।

२. केटा ले सुरूवातका भेटमा नै केटीलाई डेटका लागि कतै (ठाऊँ नखुलाई) जाने प्रस्ताव गर्नुपनि उपयुक्त हुँदैन । केटीले यस्ता केटालाई पनि मन नपराउने सम्भावना बढी रहन्छ । यसको सट्टामा बरू हामी कतै फ्रेस हुने ठाऊँमा जाऊ न… तिम्रो मोबाइल नम्बर कति हो, हामी यो ठाऊँमा जान सक्छौ भनेर सोध्नु राम्रो मानिन्छ ।

३. सकेसम्म केटीलाई तिमी रातमा के गर्दैछौ भनेर सोध्नु पनि राम्रो हुँदैन ।

४. केटीलाई आफू कस्तो लाग्यो, म मन परे की परिन जस्ता प्रश्न सोध्नु पनि हुँदैन । यसले केटीले केटामा आफैमा आत्मविश्वास छैन् भन्ने अड्कल काट्न सक्छिन् ।

५. कहिल्यै पनि केटीका अगाडि आफ्नो बारेमा फुर्ती लगाउनु हुँदैन । आफ्नो घर परिवार, गाडि, बंगलाका बिषयमा कुनै कुरा भन्नु राम्रो हुँदैन । केटीलाई आकर्षित गर्ने नाममा गरिने यस्ता कार्यले झन् विकर्षण पैदा गर्न सक्छ ।

६. केटीलाई कुनै पनि बेला कुनै केटा सँग सुतेको छ या छैन् भनेर सोध्नु हुँदैन । यसले केटीलाई आफू असुरक्षित भएको महशुस गराउँछ ।

७. केटीका साथीका बारेमा नराम्रो कुरा नगर्नु राम्रो हुन्छ । सकेसम्म कहिल्यै नदेखेको साथीका बारेमा टिप्पणी गर्नु अझ नराम्रो हुनसक्छ ।

८. केटीलाई आफ्नो मेसेजको रिप्लाई नगरेको या रिप्लाई गर्न किन ढिलो गरेको भनेर सोध्नु पनि राम्रो मानिन्न । यसरी प्रश्न सोध्दा केटीले आफूलाई उसले आफूले के गरिरहेको छ भन्ने केटा ले विचार गर्ने गरेको र पछी आफूलाई दवाउन सक्ने सम्भावना रहेको सोच्न सक्छिन् र केटा लाई नो भन्न सक्छिन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read