Homeखेलकुदविश्व कप छनाेट खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

विश्व कप छनाेट खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुनेछ ।

आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नाे पहिलाे खेलमा हार बेहाेरेका छन् । नेपाल पहिलाे खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएकाे थियाे भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

यस्तै अर्काे खेलमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन् । यी दुईबीचकाे खेल पनि दिउँसाे पाैने १ बजे हरारे स्पाेर्ट्स क्लबमा हुनेछ ।

विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read