HomeUncategorizedकहिलेसम्म छ साहस उर्जाको आईपीओ भर्न पाइने म्याद

कहिलेसम्म छ साहस उर्जाको आईपीओ भर्न पाइने म्याद

साहस उर्जा कम्पनीको आईपीओ आइतबारसम्म भर्न पाइने पाइने भएको छ । बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओ भर्ने आइतबार अन्तिम दिन हो ।

बिहीबार बेलुकासम्म कम्पनीको आईपीओमा १३ लाखभन्दा बढिले आवेदन दिएका छन् । कूल ७० लाख कित्ता आईपीओ निष्काशन गरेकोमा दुई दिनमा नै माग भन्दा तेब्बरभन्दा बढि आवेदन परेको हो ।

बिहिवार साँझसम्म १२ लाख ८१ हजारले आवेदन दिएकोमा सो संख्या आज विहानसम्म आउँदा १३ लाख नाघिसकेको छ । जम्मा ७० करोड रुपैयाँको ७० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा बिहिवार साँझसम्ममा एक अर्ब ८७ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदको लागि आवेदन परिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणलाई वितरण गरिने जनाएको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिने व्यवस्था गरिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ । उक्त आईपिओमा मेरो शेयर, एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्क एप्स तथा सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा सिधैं गएर भर्न सकिनेछ ।

गत बुधबारदेखि खुल्ला गरिएको उक्त आईपिओ आगामी आइतबारसम्म भर्र्न पाइनेछ । आईतबारसम्ममा २३ लाखले आवेदन दिने अनुमान गरिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read