Home समाचार नारायहिटी दरबार अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोर्न खोज्ने पक्राउ

नारायहिटी दरबार अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोर्न खोज्ने पक्राउ

नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले पक्राउ गरेको छ । शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए ।

तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो ।
सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ।

उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read