Home मनोरञ्जन शरदले मसँग बिहेको प्रस्ताव राखे, मैले हुन्छ भनेँः इन्दिरा जोशी

शरदले मसँग बिहेको प्रस्ताव राखे, मैले हुन्छ भनेँः इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले उनका प्रेमी शरद केडियाले राखेको बिहेको प्रस्ताव स्वीकार गरेकी छन् । शरदले हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका हुन् ।

फिल्मी शैलीमा घुँडा टेकेर शरदले औँठी लगाइदिएका थिए । सो देखेर इन्दिरा ‘सरप्राइज’ भएकी थिइन् । अहिले शरदले इन्दिरालाई औँठी लगाइदिँदै गरेको भिडियो भाइरल भइरहेको छ ।

शरदले राखेको बिहेको प्रस्ताव आफूले स्वीकारेको इन्दिराले फेसबुकमार्फत् जानकारी दिएकी छन् । उनीहरू सगरमाथाको आधार शिविरमा बिहीवारबाट शुरू भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका हुन् ।

उनले आफ्नो सामाजिक संजालमा दुबैको तस्वीरहरु शेयर गर्दै लेखेकी छन् , “शरदले म संग बिहेको प्रस्ताव राखे, मैले हुन्छ भने। म तिमीलाई माया गर्छु शरद केडिया। हरदिन यति धेरै माया बर्षाएकोमा धन्यवाद। ”

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read