Homeअर्थडिसहोमले झण्डै २४ लाख कित्ता आईपीओ जारी गर्दै

डिसहोमले झण्डै २४ लाख कित्ता आईपीओ जारी गर्दै

२०१७ मा पव्लिक कम्पनी भएपछि डीस होमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।

५८ एचडी र १४९ एसडी च्यानल गरी २०७ टेलिभिजन च्यानल डीस होमले ग्राहकलाई बितरण गर्दै आएको डिस होम कम्पनीले ७० वटा प्रिमियम च्यानल र आफ्नै १६ वटा आफ्नै च्यानल समेत प्रसारण गर्दै आएको छ । डिस होमका करिब ११ लाख ग्राहक रहेका छन। यो संगै डिसहोमले ग्रामिणस्तरसम्म स्याटालाइटमार्फत् इन्टरनेट पुर्‍याउने तयारीसमेत अगाडि बढाइरहेको छ ।

२०१८ मा ३ अर्ब ९५ करोड, २०१९ मा ४ अर्ब २५ करोड र गत वर्ष ५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्ला तीन वर्षमा औषत ३० प्रतिशतका दरले आम्दानी बृद्धि गरेको छ । आम्दानी बढ्दै जाँदा डिसहोमले ऋण भने घटाउँदै लगेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा ७ करोड ८० लाख रुपैयाँ ऋण घटाएर कुल ऋण २ अर्ब २४ करोड ५० लाख पुर्‍याएको छ ।

२०२० मा ग्राहकको संख्या ४.०४ प्रतिशतले बढाएको कम्पनीको सब्सक्रिप्सनबाट हुने आम्दानी २४.४९ प्रतिशत पुगेको छ ।कम्पनीको पुँजीगत संरचनातर्फ ४७ प्रतिशत हङकङको स्यान्डमाार्टिन इन्टरनेशनल होल्डिङ कम्पनी र बाँकी ५३ प्रतिशत नेपाली लगानीकर्ताको हिस्सामा छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read