Home अर्थ नेपाल टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?

नेपाल टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत सेयर टेलिकमका प्रयोगकर्तालाई बिक्री गर्ने घोषणा गरेको छ ।बजेटमा उल्लेख भएअनुसार दूरसञ्चार कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट प्रयोगकर्ताले उक्त सेयर लिन पाउने छन् ।

‘नेपाल दूरसञ्‍चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिनेछ,’ बजेटमा भनिएको छ ।

बजेटमा उल्लेख गरिएसंगै आगामी वर्षको पुस मसान्तसम्मसम्म टेलिकमको सेवा- सुविधा लिने सेवाग्राहीले सेयर खरिद गर्न पाउने भएका छन् ।टेलिकमले बजारमा सेयर जारी गर्न भने पाउने छैन । सरकारले आफ्नो स्वामित्वमा रहेको २२ प्रतिशत सेयर सर्वसाधारणलाई बेच्न लागेका हो, जसलाई प्राविधिक भाषामा ‘डिसइन्भेस्टमेन्ट’ अर्थात विनिवेश भनिन्छ ।

सरकारसँग टेलिकमको ९१.५ प्रतिशत सेयर रहेको छ । बाँकी ८.५ प्रतिशत सेयरमध्ये सर्वसाधारणको ४ प्रतिशत, कर्मचारीको ४.४७ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । सरकारले विनिवेश गरेपछि सर्वसाधारणको टेलिकममा सेयर स्वामित्व २६ प्रतिशत कायम हुनेछ भने सरकारको सेयर ६९.५ प्रतिशतमा खुम्चिनेछ । विनिवेशसम्वन्धी आवश्यक प्रकृया सरकारले आगामी असोज मसान्तभित्र टुङ्ग्याउने बताएको छ ।

नेपाल टेलिकमको पुँजी प्रतिकित्ता १०० रुपैयाँका दरले १५ करोड कित्ताको १५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये नेप्सेमा ९ प्रतिशत अर्थात १ करोड ३५ लाख कित्ता सेयर खरिद-बिक्री गर्न सकिन्छ । त्यसमध्ये ६७ लाख ५० हजार कित्ता सेयर मात्रै नियमितरूपमा कारोबार हुने गरेको छ । सेयर बजारमा टेलिकमको सेयरको आपूर्ति कम रहेकाले यसको मूल्य पनि बढी रहेको छ । अहिले नेप्सेमा यसको प्रतिसेयर मूल्य १२७७ रूपैयाँ रहेको छ ।

सरकारले विनिवेश गर्ने सेयरको मूल्य निर्धारण भने गर्न बाँकी छ । पछिल्लो बार्षिक प्रतिवेदनुसार टेलिकमको प्रिमियमसहित प्रतिसेयर मूल्य ६६० रुपैया भन्दा बढी रहेको छ । यसअघि टेलिकमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दा प्रतिकित्ता सेयर ६ रुपैयाँ मूल्य तोकेको थियो । त्यसैले सरकारले पनि ६०० रूपैयाँभन्दा कममा टेलिकमको सेयर बिक्री गर्ने देखिदैन ।

सरकारको आफूसँग रहेको १३ करोड ७२ लाख ५० हजार कित्तामध्ये २२ प्रतिशतअर्थात ३ करोड १ लाख ९५ हजार कित्ता सेयर बिक्री गर्नेछ । ६ सय मूल्य कायम गरेर सेयर बिक्री गरेमा सर्वसाधारणबाट १८ अर्ब ७१ करोड ७० लाख रूपैयाँ उठ्न सक्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read