Home अनौठो कुरा विश्वकै लामो ‘लभलेटर’ आइपुग्यो काठमाडौंमा

विश्वकै लामो ‘लभलेटर’ आइपुग्यो काठमाडौंमा

विश्वकै सबैभन्दा लामो प्रेमपत्र मध्येको एक ‘द वल्र्ड लेटर’ नेपाल पनि आइपुगेको छ ।

२३ हजार शब्द समेटिएको उक्त लभलेटर बोकेर विश्वयात्रामा निस्किएकी फ्रेन्च-इरानी कलाकार कोकोभान डे बेनकालिज काठमाडौं आइपुगेकी हुन् । उक्त लभलेटरको लम्बाइ ५०० मिटर छ ।

यसैसाता उनले बसन्तपुर र पाटन दरबार स्क्वायरमा उक्त प्रेमपत्र प्रदर्शन गरिन् । ४ वर्षदेखि यो प्रेमपत्र सहित विश्वयात्रामा निस्किएकी उनले यसबीचमा ४० भन्दा बढी सहरहरु भ्रमण गरेकी छिन् ।

नेपाल आफ्नो १२ औं भ्रमण मुलुक भएको उनले बताएकी छिन् । यसअघि उनले विश्वका विभिन्न सहरमा लभलेटर प्रदर्शन गरिसकेकी छिन् । नेपालमा रहँदा उनले वसन्तपुर र पाटन दरबार स्क्वायरमा पनि प्रेमपत्र प्रदर्शन गरिन् जहाँ नेपालीहरुले पनि सन्देश लेखे ।

‘आउनूस र विश्वको लागि पत्र लेख्नूस अनि विश्व कलाको हिस्सा बन्नूस’ उनले भनेकी छिन् । विश्वको लागि लेखिन प्रेमपत्रलाई विश्वले नै लेखिनुपर्ने उनको धारणा छ ।

सन् २०१७ को मे महीनामा सडकमा बसेर आफूले प्रेमपत्र लेख्दा एउटा अपरिचित व्यक्तिले पनि केही कुरा लेखेको र त्यो क्षण नै आफ्नो जीवनको टर्निङ प्वाइन्ट भएको उनले बताएकी छिन् । भिडियो अन्तवार्तामा कुरा गर्दै उनले लभलेटरको डिजिटल कपी रकेटमार्फत अन्तरीक्षमा पठाउने योजना समेत रहेकी बताएकी छिन् ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read