Homeम्युजिक भिडियोरवी ओड र स्मिता दाहालको 'राजा रानी'

रवी ओड र स्मिता दाहालको ‘राजा रानी’

गायक रवी ओड र गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ ।दिनपरी क्रिएसनले निर्माण गरेको भिडियोमा रवी ओड, कविता श्रेष्ठ, दिनेश विष्ट र प्रियंका शिवाकोटी विष्ट फिचर्ड छन् ।

गीतमा भीम बिसीको शब्द र संगीत छ भने रिकेश गुरुङ ‘किज’को एरेञ्ज र साजन शाहको मिक्सिङ छ ।भिडियोमा उत्सव नेपाल, रोशन बोगटी, दिनेशराज जोशी, पंकज पनेरु, रमेश मल्ल, दीपसन नाथ योगी, तारा कट्टेल र डीबी मल्ललाई पनि देख्न सकिन्छ ।

दिनेश विष्टको कथा, संवाद र निर्देशन रहेको भिडियोमा जता शंकर गोसाईको कला निर्देशन, पवन सुसलिङको छायांकन, मेघ महर्जनको स्टिल फोटोग्राफी, सपना लम्सालको मेकअप, पवन सुसलिङको भिजुअल एडिट, सन्तोष सुनारको पब्लिसिटी डिजाइन र अमितकुमार चन्दको प्रोडक्सन छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read