Home समाचार न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना

न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना

पश्चिमी वायु र भारतको विहार आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार देशका धेरैजसो ठाउँमा बदली हुने र हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।

पश्चिमी वायुका साथै स्थानीय वायु र भारतको विहार आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले ठूलो वर्षाको सम्भावना नरहेको विभागका मौसमविदले बताएका छन् ।

बागमती, गण्डकी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा भने हल्का वर्षा भइरहेको पनि विभागले जनाएको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । देशभर केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

बुधबार, बिहीबार पनि देशका धेरैजसो ठाउँको मौसम बदली हुनुका साथै हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read