Homeफिल्मसेलिब्रेटीमिडियालाई लक्षित गर्दै गायिका आस्था राउतको यस्तो स्टाटस

मिडियालाई लक्षित गर्दै गायिका आस्था राउतको यस्तो स्टाटस

केहि दिन अघि देखि केहि समाचार माध्यमहरुमा “बिहे गर्दै आस्था, बिहे गर्ने तयारी गर्दै आस्था ” नामक शीर्षकमा समाचारहरु छापिए। समाचारमाध्यमले शीर्षकमा राखेको आस्था चर्चित गायिका आस्था राउतको बारेमा थियो।

गायिका आस्था राउत बोल्नमा प्रष्टवक्ता मानिन्छिन् । आफ्नो मनमा लागेका कुरा अथवा चित्त नबुझेका कुरा निर्धक्कका साथ राख्दछिन् । यही कारण उनी समय समयमा विवाद र चर्चामा आउछिन् । वर्षदिन अघि सिक्किम जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि गरेको व्यवहार प्रति असन्तुष्टि जनाउदै फेसबुक लाइभ गरेपछि सामाजिक संजाल लगाएतका ठाउँमा उनी विवादमा तानिएकी थिइन् । यही कारणले उनलाई प्रहरीले पक्राउ पनि गरेको थियो । तर महिला प्रहरी र गायिका राउतबीच सहमतिपछि उनी रिहा भएकी थिइन् ।

यिनै आस्थाले मिडियाप्रति लक्षित गर्दै एक स्टाटस लेखेकी छन् । खास गरी मिडियाले सेलिब्रेटीको विवाह अघि लेख्ने समाचारको शीर्षकप्रति लक्षित गर्दै स्टाटस लेखेकी छन्।

‘आई डन्ट एप्रिसियट न्यूज लाइक लगन जुर्यो रे, के रे, के रे । जब सम्म मिडियालाई आधिकारिक इन्फरमेसन आउँदैन र जबसम्म म नै भन्दिन प्लिज यस्तो हावा न्यूज सर्कुलेट नगर्दिनु होला । मिडियाको लाइमलाइट मलाई घाटीसम्म पुगिसकेको हो पहिल्यै । म पहिला जस्तो सो कल्ड फ्रिडम अफ स्पिच छ भन्दैमा बोल्न मन लाग्न छोडिसक्यो । किन कि म सत्य बोल्छु र मेरो सत्य धेरैलाई पच्दैन रहेछ । मेरो शुभचिन्तकहरु भन्दा पनि मलाई र मेरो राम्रो देख्न नसक्नेको जमात धेरै रहेछ । जबकि म सँधै सहयोगी भावना राख्ने ठूलोलाई सम्मान सानोलाई माया गर्ने मान्छे हो । ठिकै छ । समयले कसैलाई पनि छोड्दैन । म त अहिल्ये एकदम नै खुशी छु । फ्रिलान्सर भएर काम सुरु गर्न पाको छु । कोभिडको तनावबाट बिस्तारी निस्किदै छु । सिक्किममा छु । शो बबाल भयो एण्ड एम ह्याप्पी फर माइसेल्फ । जुनको बाटो जुन हिड्ने हो घामको बाटो धाम । प्लिज एकअर्काको खुट्टा नतान । बरु सबै मिलेर आउ देश बनाम । सबै नेपाली जाति नेपाली भाषी हामी सबैको जय होस ।’ उनले लेखेकी छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read