Homeसमाचारराजधानीबाट २२ जना चिनियाँ पक्राउ

राजधानीबाट २२ जना चिनियाँ पक्राउ

राजधानीमा ठूलो संख्यामा चिनियाँ नागरिक समातिएका छन् । गत शुक्रबार अध्यागमन विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले २२ जना चिनियाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्रेको हो ।

शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई झण्डै चार सय मोबाइल सेट,ठूलो संख्यामा ल्यापटप र केही नगदसहित पक्राउ गरिएको हो । उक्त घटनाबारे प्रहरीले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

उनीहरुमध्ये धेरैलाई तीन चार जनाको दरले विभिन्न ठाउँमा बाँडेर राखिएको बताइन्छ । चिनियाँहरुलाई अहिले दरबारमार्ग,नयाँ बानेश्वर, महाराजगञ्ज,प्रहरी परिसर टेकूलगायतका वृत्त र प्रभागमा राखिएको छ ।

हालसम्मको अध्ययनबाट चिनियाँहरुले बिजनेस भीसाको दुरुपयोग गरेको देखिएको छ । केहीले भीसाको म्याद नाघेपछि पनि ओभरस्टे गरेको पाइएको हो । अहिले उनीहरुविरुध्द अध्यागमन विभागले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा १० जना महिला र १२ जना पुरुष छन् । उनीहरुसँग अध्यागमन विभागले आवश्यक सोधपुछ र अनुसन्धान सकाएपछि मात्र प्रहरीको तर्फबाट केरकार र अन्य प्रक्रिया अघि बढाइने स्रोतले बताएको छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read