Homeसमाचारयसबर्ष जापानी पासपोर्ट पहिलो नम्बरमा, नेपाली पासपोर्ट कति औं नम्बरमा पर्यो?

यसबर्ष जापानी पासपोर्ट पहिलो नम्बरमा, नेपाली पासपोर्ट कति औं नम्बरमा पर्यो?

‘द हेन्ले पासपोर्ट सूचांक’ अनुसार संसारकै सबैभन्दा राम्रो पासपोर्टको सुचाङ्कमा जापान पहिलो नम्बरमा परेको छ। द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा तयार पारेको सूचीमा नेपाल भने १०४ औं नम्बरमा परेको छ।

जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो पहिलो नम्बरमा परेको हो। जापानी पासपोर्टबाट सबै प्रक्रिया पुरा गरेर १९१ देश जान सकिन्छ।

त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुरको पासपोर्ट दोस्रो नम्बरमा परेको छ।१८९ देश जान सकिने क्षमताका आधारमा दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन्।

त्यस्तै १८८ देश सहजै जान सकिने आधारमा इटाली, फिनल्यान्ड, स्पेन र लक्जेम्वर्गको पासपोर्ट चौथो नम्बरमा छ। डेनमार्क र अस्ट्रियाको पासपोर्टबाट १८७ देश सहजै जान सकिने आधारमा पाँचौं स्थानमा ।

३८ देश मात्र सहजै जान सकिने नेपालको पासपोर्ट भने १०४ औं स्थानमा रहेको छ।नेपाल भन्दा खराब पासपोर्टको सुचिमा लिबिया, प्यालेस्टाइनी क्षेत्र, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान खराबमा यी देश राखिएका हुन्।

अफगानिस्तान सूचीको अन्तिम ११० औं स्थानमा छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read