Homeफिल्मसौगात मल्ललाई ‘सुपरस्टार’को ट्याग

सौगात मल्ललाई ‘सुपरस्टार’को ट्याग

मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन–२’ को निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलोपटक ‘सुपरस्टार’को ट्याग दिएको छ ।

शुक्रबार सार्वजनिक ‘लप्पन छप्पन–२’ को टिजर सार्वजनिक गर्दै निर्माण टिमले सौगातलाई ‘सुपरस्टार’को ट्याग दिएको हो। चलचित्र ‘लप्पन छप्पन–२’ को नयाँ रिलिज डेटसहित दोस्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो टिजर एक बर्ष अघि नै सार्वजनिक गरिएको थियो। २०७७ साल बैशाख १२ गते रिलिज हुने मिति तय भएपनि कोरोनाको कारण रिलिज मिति लगभग एक बर्ष धकेलिएको हो। चलचित्र नयाँ वर्षको छेको पारेर चैत २७ गतेदेखि रिलिज हुने भएको छ ।

टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा चलचित्रमा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read