आफ्नो स्वर्गीय दिदी निरु ढकाल भुसालको सम्झनामा गायक निशान ढकालको म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘यो बन्द कोठामा’ नामक म्युजिक भिडियोको गीतमा शब्द, संगीत तथा स्वर निशान ढकालकै रहेको छ। गीतम एरेन्ज तथा मिक्सिङ मास्टरिङ सुलभ ढकालको रहेको छ।
घर देखि पर बस्ने निम्न आर्थिक स्तर भएका अधिकांश युवाहरुको ब्यथा लाइ पोख्ने प्रयत्न गरेर बनाईएको भिडियोको निर्देशन निशान घिमिरेले गरेका छन।
एलिस खनालको मुख्य अभिनय रहेको भिडियोमा अतिथी कलाकारको रुपमा प्रेक्ष्या लम्साल अच्युतको पनि अभिनय रहेको छ। भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन।