Homeसमाचारलुक्ला उडेको जहाजको इन्जिन फेल भएपछि...

लुक्ला उडेको जहाजको इन्जिन फेल भएपछि…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो ।

समिट एयरको लुक्लाका लागि प्रस्थान गरेको जहाजमा १५ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेका थिए ।

एएमपी विमानको बायाँ इन्जिन समस्या देखिएपछि चालक दलले दायाँ इन्जिनका भरमा बायाँ इन्जिन बन्द गरेर ४० माइलबाटै काठमाडौं फर्काएका थिए ।

विमानस्थल करिब १० मिनेटका लागि बन्द गरेर जहाज अवतरण गराइएको थियो । विमानस्थल स्रोतका अनुसार सबै यात्रु सुरक्षित छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read