Homeअनौठो कुरामास्क लगाउनु नपर्दा ज्यादै खुशी भएर यी व्यक्तिले काटिदिए आफ्ना दुवै कान...

मास्क लगाउनु नपर्दा ज्यादै खुशी भएर यी व्यक्तिले काटिदिए आफ्ना दुवै कान !

मान्छे ज्यादै खुशी हुँदा के गर्छ ? धेरै हास्छ, साथीभाइसँग रमाइलो गर्छ, खुशीयाली साटासाट गर्छ तर एक व्यक्तिले ज्यादै खुशी भएर आफ्ना दुवै कान काटिदिएका छन् ।

ब्राजिलका मिसेल डो प्रदोले कोरोना संक्रमित घटेर मास्क लगाउनुपर्ने अनिवार्यता अन्त्य भएकोमा खुशी हुँदै कान काटिदिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना महामारी घट्दै गएपछि मास्क लगाउनैपर्ने मापदण्ड खुकुलो गरिएपछि उनी ज्यादै खुशी भएका थिए । कोरोना महामारीका बेला मास्क लगाउनुपर्दा उनी झन्झट मान्थे ।

उनी ‘ट्याटु आर्टिस्ट’ हुन् र उनले आफ्नै शरीरमा विभिन्न प्रयोग गरेका छन् । उनले आफ्नो अनुहार र शरीरलाई डरलाग्दो बनाएका छन् । उनका दाँत पनि डरलाग्दा छन् ।

उनले कान काटेकोदेखि लिएर उनको ‘लूक’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एजेन्सी ( लोकान्तरको सहयोगमा )

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read