Homeसमाचारचार्जमा राखेर फिल्म हेरिरहँदा मोबाइल पड्किएर किशोरीको मृत्यु

चार्जमा राखेर फिल्म हेरिरहँदा मोबाइल पड्किएर किशोरीको मृत्यु

चार्जमा राखेको मोबाइल पड्किएर अछामकी एक किशोरीको मृत्यु भएको छ । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार

मंगलसेन  नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक नाथ स्थानीय कुन्ती माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत थिइन् । उनले सोमबार राति मोबाइल चार्जमा राखेर फिल्म हेरिरहँदा मोबाइल पड्किएको थियो ।  गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read