Homeमनोरञ्जनकति कमायो ‘केजीएफ-२’ ले पहिलो दिनमा?

कति कमायो ‘केजीएफ-२’ ले पहिलो दिनमा?

बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको बहुप्रतिक्षित यश स्टारर दक्षिण भारतीय (साउथ) फिल्मले बक्स अफिसमा शानदार सुरुवात गरेको छ ।

फिल्मले रिलिजको पहिलो दिन बिहिवार सबै भाषामा गरी करिब १४० करोड र हिन्दी भर्सनमा मात्रै करिब ५५ करोड भारु कमाएको ट्रेड एनालिस्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्मले पहिलो सातामा आमिर खानको ‘दंगल’ र एसएस राजमौलीको ‘बाहुबली–२’को व्यापारिक रेकर्डलाई तोड्ने अनुमान समेत गरिएको छ ।

प्रशान्त नील निर्देशित ‘केजीएफ’को दोस्रो सिक्वेलले बक्स अफिसमा नयाँ नयाँ रेकर्डसमेत कायम गरिरहेको छ । यो फिल्मप्रति दर्शकमा देखिएको क्रेजका कारण नेपालमा समेत बिहीबार मल्टिप्लेक्सहरुमा चौबीसै घण्टा शो छुट्याइएको थियो ।

एफ क्युब सिनेमाले राती १ बजेको सो खोलेको थियो भने बिग सिनेमाले बिहान ३ बजेको सो चलाएको थियो। यी लागाएत अरु थुप्रै मल्टिप्लेक्सहरुले अफ टाईममा पनि शो चलाएका थिए।

मूलतः कन्नड भाषामा बनेको यो फिल्ममा सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज, श्रीनिधि शेट्टी लगायतको पनि मुख्य भूमिका रहेको छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read