Homeसमाचारसीटीईभीटीले एचए, नर्सिङ र फार्मेसीको शुल्क बढायो

सीटीईभीटीले एचए, नर्सिङ र फार्मेसीको शुल्क बढायो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले मेडिकलतर्फ नर्सिङ, एचए (सामान्य चिकित्सा)  र फार्मेसीको अध्ययन शुल्क बढाएको छ ।   सीटीईभीटीले शुल्क समायोजन गरिएको भन्दै सूचना प्रकाशित गरेर नयाँ शुल्क सार्वजनिक गरेको हो ।

नर्सिङको शुल्क डेढ लाख र फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको छ । अब नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकिएको छ । यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो ।

त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको छ । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ । यसअघि ३ लाख ३७ हजार शुल्क थियो ।

निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१\२०७२ पछि शुल्क समायोजन गरिएको सीटीईभीटीले जनाएको छ । तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५\२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

सीटीईभीटीले २०७८ पुस ६ गतेको शिक्षामन्त्रीस्तरीय निर्णयका आधारमा शुल्क वृद्धि गरेको जनाएको छ । शैक्षिकसत्र २०८०\०८१ मा वृद्धि भएको शुल्क लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read