निर्देशक सञ्जय लीला भन्सालीको बहुप्रतीक्षित चलचित्र गंगूबाई काठियावाडी रिलिज हुनु पूर्व नै विवादित बनेको छ ।
सत्य घटनामा आधारित यस चलचित्रमा केही तथ्य गलत राखिएको भन्दै यस चलचित्रको विरोध शुरू भएको छ । चलचित्रमाथि समाजलाई बदनाम गराउने खालको भएको आरोप लागेको छ ।
कमाठीपुरासँग सम्बन्धित एक संगठनले चलचित्रले कमाठीपुरासँग जोडिएको इतिहास सुध्रँदै गएको बेला यस चलचित्रले त्यसलाई धुमिल्याउने बताएको छ ।संगठनले चलचित्रले अहिलेमात्र नभई भविष्यमा समेत असर गर्ने बताउँदै चलचित्रको विरोध गरेको हो ।
यस चलचित्रमा आलिया भाटको मूख्य भूमिका रहेका छन् । केही दिन अघि सार्वजनिक टिजरमा आलियाको निकै चर्चा चलेको थियो । यस चलचित्र ३० जुलाईमा रिलिज हुने बताइएको छ ।