Homeमनोरञ्जनगायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले किन फिर्ता पठायो ?

गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले किन फिर्ता पठायो ?

सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

उनी अमेरिकाको Lancaster मा आयोजना हुन गईरहेको United Home Care Services LLC द्वारा आयोजित New Year Musical Night 2023 समारोहमा भाग लिन अमेरिका पुगेकी थिइन् ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिएकी छिन् ।

उनले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकी थिइन् । यद्यपी, यसबारे आफूले त्यहाँ जानकारी गराउँदा समेत अध्यागमनका कर्मचारीले नमानेको आस्थाले बताएकी छिन् । काठमाडौं दूतावासमा गएर पर्फमेन्स भिसा अर्थात पी–३ लिएर पुनः अमेरिका आउन भनिएको आस्थाको भनाई छ ।

कन्सर्टमा सहभागी हुन नपाएपछि गायिका राउतले दुःख व्यक्त गरेकी छिन् । समय र परिस्थितले जुराएमा अर्काे सांगितिक कार्यक्रममा भेट हुने विश्वास व्यक्त गर्दै उनले आयोजक टिमलाई धन्यवाद दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read