Home समाचार आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, फेरि संसद् विघटनको लागि सिफारिश गर्ने तयारी...

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, फेरि संसद् विघटनको लागि सिफारिश गर्ने तयारी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्ने मन्त्रिपरिषदको बैठकमार्फत पूनः प्रतिनिधिसभा विघटन गर्नेगरि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने तयारी गरेका छन् । संसदमा विश्वासको मत पनि नपाएको र वैकल्पिक सरकार पनि बन्ने आधार नदेखिएको भन्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्नसक्ने अड्कलबाजी सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक डाकेका थिए । तर, संसद बैठक लम्बिएको कारण मन्त्रिपरिषद बैठक बस्न केही ढिला हुने बुझिएको छ । कांग्रेसनिकट अधिवक्ता केशबराज जोशीले पनि प्रधानमन्त्री ओलीले संसद विघटनको लागि प्रधानमन्त्रीले आजै सिफारिश गर्नसक्ने सम्भावना औंल्याए ।

यद्धपी प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्दै गर्दा आफूले विश्वासको मत प्राप्त नगरे मार्गप्रशस्त गर्ने प्रतिबद्धतता जनाएका थिए । उता, कांग्रेस र माओवादी केन्द्रले भने प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने र अब संविधानको धारा ७६ को २ बमोजिम गठबन्धनको सरकार बनाउनुपर्ने माग गरेका थिए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read