Homeस्वास्थ्यक्याल्सियमको उत्तम श्रोत पनिर खानुका यति धेरै फाइदा, जानिराखाैँ

क्याल्सियमको उत्तम श्रोत पनिर खानुका यति धेरै फाइदा, जानिराखाैँ

दुधमा धेरै पौष्टिक तत्व पाइन्छ । धेरै मानिसलाई दुध पिएर खान मन नपर्न सक्छ । यस्तोमा अन्य दुग्धजन्य पदार्थ भोजन गरेर ती पौष्टिक पदार्थको आपूर्ति गर्न सकिन्छ । पनीर ती मध्ये एक उत्तम विकल्प बन्दछ ।पनीर क्याल्सियमको उत्तम श्रोत हो । यसको नियमित भोजनले दाँत तथा हड्डीलाई स्वस्थ बनाउँछ । यसमा ल्याक्टोजको मात्रा कम हुने भएकाले गुलियोका कारण दाँतमा हुने नकारात्मक असर समेत कम हुन्छ ।

क्याल्सियमका अलावा पनीरमा पर्याप्त मात्रामा भिडामिन डी पनि पाइन्छ । यसले दाँतको छिद्रमा बसेर दाँतलाई क्षति पूराउने किटाणुलाई नष्ट गर्न सहयोग गर्छ । जो मानिस कम तौलका कारण चिन्तित हुन्छन् उनीहरुले विशेष रुपमा पनिरको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । पनिरमा हुने प्रोटिन, चिल्लो तथा अन्य लवण वजन बढाउन सहयोगी हुन्छ । अर्को एक अध्ययन अनुसार पनीरमा पाइने प्रोटिनले मानिसमा क्यान्सरको खतरा पनि कम गर्छ ।

पनीरको नियमित सेवनले शरीरमा रगतको मात्रा बढाउँछ र रक्तअल्पताबाट मुक्ति दिलाउँछ । कलेजोलाई स्वस्थ बनाउन तथा शरीरको पोषण शोषण गर्ने क्षमता समेत बढाउँछ । साथै इन्सुलिन रेसिस्टेन्स सिन्ड्रोम अर्थात् मधुमेह गराउने खतरा पनि कम गर्छ । बढ्दो उमेरसँगै देखिने पेटको समस्यालाई पनि कम गर्छ । साथै पिठ्युँ तथा जोर्नी दुख्ने समस्यालाई पनि कम गर्छ ।

​पनिर खानुका फाइदाहरु: पनिर स्वादको पनि राजा हो खादा धेरै स्वादिलो हुन्छ पनिरको तरकारी । पनिरको फाइदाहरु यस प्रकार छन् : १. क्यानसर: हालै गरिएको एक अध्ययनले पनीर खानाले क्यानसरको खतरालाई कम गर्ने काम गर्छ । पेटको क्यानसर, क्लोनको क्यानसर र ब्रेस्ट क्यानसरको उपचारमा पनि पनीरले महत्वपुर्ण भुमिका खेल्ने गर्छ ।

२. डाइबेटिज: ओमेगा ३ ले भरपुर पनीर डाइबेटिजका बिरामीलाई निकै राम्रो गर्छ । विशेषज्ञका अनुसार डाइबेटिज रोगीहरुले दिनुहँ पनीर खानु स्वास्थका लागि फाइदा हुनेछ । सबैभन्दा महत्वपुर्ण दुवै खाले डाइबेटिज रोगीले पनीर खान सक्छन् । ३. तुरुन्त शक्ति प्रधान गर्छ: दुधबाट पनीर बनेका कारण पनीरमा दुधको भरपुर गुणहरु हुनेगर्छ । यसमा उर्जा पनि उत्तिकै हुनेगर्छ । शरिरमा तुरुन्त इनर्जी दिने काम गर्छ । व्यायाम गर्नेहरुले पनीर खाँदा स्वास्थलाई फाइदा हुन्छ ।

४. दाँत र हड्डी: पनीरको सबैभन्दा लाभ यो छ कि यसले तपाईको हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ । यसमा रहेको क्यालसियम र फासफोरसका कारण दाँत र हड्डी मजबुत बनाउँछ । दैनिक पनीर खानाले हड्डीमा रहेको समस्या पनि कम भएर जाने गर्छ । ५. मेटाबोलिजम: पाचनतन्त्रका लागि मेटाबोलिजमले महत्वपुर्ण भुमिका खेल्ने काम गर्छ । पनीरमा अध्याधिक डायट्री फाइबर हुन्छ । जसका कारण पाचनमा यसले महत्वपुर्ण काम गर्छ । यो पाचन तन्त्र सुचारु गर्न लागि पनि मदत गर्छ ।

पनिर चिल्ली खान मन छ तर बनाउन आउँदैन ? यसो गर्नुहोस: धेरैलाई नयाँ परिकारको स्वाद चाख्न मन हुन्छ तर आफैं पकाउने सिप भने हुँदैन । दसैंमा ‘नन भेजिटेरियन’ हरुका लागि घरमा मासुका विभिन्न परिकार पाकेको हुन्छ तर ‘भेजिटेयिन’ ले के खाने ? यस्तोमा तँपाईका लागि स्वादिस्ट परिकार हुन सक्छ पनिर चिल्ली । आज हामी तँपाईलाई घरमै पनिर चिल्ली पकाउन सिकाउँदै छौँ ।

आवश्यक साम्रागी: ३०० ग्राम पनिर वा सो भन्दा बढि, नुन, कालो मरिच, लसुन, अदुवा, मैदा, आँता वा मकैको पिठो, हरियो खोर्सानी, क्याप्सिकम, तेल, रेड वा ग्रिन चिल्ली सस, गोलभेडाको केचप, सोया सस, चिनी, भेनेगर, अजिनामोटो । पकाउने विधि: सर्वप्रथम तँपाईसँग भएको पनिरलाई पकाउन मिल्ने टुक्रामा काट्नुहोस्। त्यसपछि त्यसलाई एउटा कचौरा वा भाँडोमा खन्याउनुहोस् र त्यसमा एक चम्चाको चार भागको एक भाग नुन र कालो मरिच हाल्नुहोस्। फेरि यसमा आधा चम्चा लसुन र अदुवाको पेस्ट पनि मिसाउनुहोस् र हातले मोल्नुहोस् ।

यति गरेपछि यसलाई दश मिनेटसम्म त्यत्तिकै अवस्थामा छाडी दिनुहोस्। दश मिनेटपछि भने सो पनिरमा एक चम्चा मैदा हालेर त्यसलाइ मिक्स् गर्नुहोस् । अब भने एउटा दानो प्याजलाई बीचबाट चार टुक्रामा र त्यस टुक्रालाई पुन स्लाइसमा काट्नुहोस्। त्यस्तै दुई डिढीँ हरियो खोर्सानी, एउटा क्याप्सिकम, लसुनलाई पनि काट्नुहोस । लसुनलाई मसिनो गरी काट्नुपर्नेछ तर अन्यलाई भने धेरै मसिनो नगर्नुहोस् । अब भने एउटा अर्को भाँडो लिनुहोस् र त्यसमा दुई चम्चा मैदा र एक चम्चा आँटा (वा मकैको पिठो) हाल्नुहोस् र त्यसमा आधा कप पानी हालेर त्यसलाई मिक्स् गरेर पेस्ट बनाउनुहोस् ।

यो पेस्ट धेरै झोलिलो वा लेदो भने हुनुहुँदैन् । यति गरेपछि तँपाईको सम्पूर्ण पूर्व तयारी पुरा हुन्छ । अब चुलोमा कराई वा प्यान बसाउनुहोस् र तेल हाल्नुहोस्। तेल तातेपछि अघि तयार गरेर राखेको मिक्स्ड पनिरको भाँडोबाट एक­एक गरी पिस पनिरलाई मैदा र आँटावा मकैको पिठोको पेस्टमा चोब्दै तेलमा फ्राई गर्नुहोस्। यसो गर्दा एक पटकमा सबै पनिरको पिस नहालेर तेलमा फ्राई मिल्ने गरी मात्र हाल्ने गर्नुपर्नेछ । यसरी सबै पनिर फ्राइ गरिसक्नुहोस् र त्यसलाई प्लेटमा राख्नुहोस् ।

यसपछि भने चुलोमा पुन अर्को प्यान वा भाँडो तताउनुहोस र त्यसमा २ चम्चा तेल हाल्नुहोस्। तेल तातेपछि अघि काटेर राखिएको लसुन, अदुवा, खुर्सानी, प्याज र भेडे खुर्सानी हालेर हल्का रातो रंग आउनेगरी एक मिनेटसम्म भुटनुहोस् । यस पछि भने यसमा २ चम्चा रेड वा ग्रिन चिल्ली सस तथा २ चम्चा गोलभेडाको केचप र एक चम्चा सोया सस हाल्नुहोस् र केहि समय निरन्तर चलाउनुहोस् । यसपछि भने एक चम्चाको चार भागको एक भाग कालो मरिच धुलो, स्वाद अनुुसारको नुन र तीनदेखि चार चम्चा पानी हालेर चलाउनुहोस् ।

यदि तँपाईलाई पनिर चिल्ली केहि ग्रेभी बनाउनु छ भने पानीको अझ केहि बढि हाल्न सक्नुहुनेछ । केहि बेर चलाइसकेपछि यसमा चम्चाको चार भागको एक भाग चिनी र त्यहि मात्रामा अजिना मोटो हाल्नुहोस्। यो सबै गरीसकेपछि अन्त्यमा एक चम्चा भेनेगर हाल्नुहोस। यसपछि यसलाई एक मिनेटसम्म पकाउनुहोस्। यसरी पकाइसकेपछि सस तयार भएको हुन्छ। अब भने अघि फ्राइ गरेर राखिएको पनिरलाई यसमा हाल्नुहोस र केहि बेर चलाउनुहोस। यदि तँपाईलाई रेष्टुरेन्टमा जस्तो रङ्ग निकाल्नु छ भने ‘फुड कलर’ को प्रयोग गर्नुसुक्नु हुनेछ । यति गरीसकेपछि भने तँपाईले बनाउन खोज्नुभएको चिल्ली पनिर तयार हुन्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read