Homeस्वास्थ्यएकदमै दुब्लो पातलो साथै कमजोर महसुस गर्नुहुन्छ ? त्यसो भए यो चिज...

एकदमै दुब्लो पातलो साथै कमजोर महसुस गर्नुहुन्छ ? त्यसो भए यो चिज खानुहोस्

कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ। बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ।

यसकारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरु शरीरको लागि एकदम बेफाइदा हुनुका साथै यसले नोक्सान पुर्याउँछ। हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले एकदम महत्वपूर्ण भूमिका खेल्दछ।

आज हामी प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण यस्तो अद्भुत खानेकुरा वा चीज बताउन गइरहेका छौँ, जसको सेवन गर्नाले तपाइँको वजन केहि हप्तामै बढेर शरीरलाई स्फुर्त, बलियो, जाँगरिलो र मजबुत बनाउँछ। यो तौल बढाउनको लागि १०० प्रतिशत प्रभावकारी आयुर्वे्दिक घरेलु उपाय हो। १. यी चमत्कारिक घरेलु चीज हुन्, साबुदानाको खीर र आलु:

कसरी खाने ? हरेक दिन दुधमा साबुदाना मज्जाले पकाएर खीर बनाएर खाने गर्नुहोस्। यसले शरीरमा उर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलियो, मोटो र मजबुत हुन्छ। त्यस्तै दोस्रो चीज हो आलु। यसको लागि ३ ओटा ठुलो ठुलो आलु उमाल्ने। हरेक दिन यसरी उमालेको आलु खानुहोस्। आलुमा भरपुर मात्रामा कार्बोहाइड्रेट हुन्छ जसले पातलो वा दुब्लो व्यक्तिलाई फुर्तिलो र स्फुर्त बनाई शरीरको तौल बढाउँछ।

यो पनि,एसिडीटीलाई जरैदेखि निर्मुल पार्न अपनाउनुहोस् यी उपाय, अनियमित र अनियन्त्रित खानपानका कारण आजभोलि मानिसलाई एसीडीटी र पेटसम्बन्धी कयौँ समस्याबाट पीडित हुने गर्दछन्। यदी तपाई पनि पेटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने किचनमा उपलब्ध हुने चीजबाट पनि राहत पाउन सक्नुहुनेछ। आजहामी तपाईलाई एसीडीटी र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।

सौँफ : धेरैजसो मानिसले सौँफलाई राम्रो माउथ फ्रेशनरका रुपमा प्रयोग गर्ने गर्दछन्। तर यसको फाइदाका बारेमा भने धेरै कम व्यक्तिलाई मात्र थाहा हुनसक्छ। जुन कुनै समयमा पनि तपाईलाई एसीडीटी जस्तो कुनै समस्या महशुस हुने गरेको छ भने राति थोरै सौँफमा पानी राखेर छोडिदिनुहोस्। त्यसपछि बिहान उठेर त्यसलाई पिउनुहोस्। यसो गर्दा एसीडीटीको समस्याबाट राहत मिल्ने गर्दछ।

ल्वाङ : किचनमा मसलाका रुपमा प्रयोग हुने ल्वाङबाट पनि एसीडीटीको समस्याबाट छुट्कारा पाउन सकिन्छ। जुन कुनै समयमा तपाईलाई एसीडीटीको समस्या हुने गर्दछ तब मुखमा ल्वाङ राखेर हल्का चपाउनुहोस् । यसो गर्दा तपाईको पेटलाई राहत मिल्ने गर्दछ।

सुकमेल : एसीडीटीको समस्या छ भने सुकमेल पनि त्यसको अचूक औषधि बन्ने गर्दछ। एसीडीटीको समस्याबाट राहत पाउनका लागि दुई, तीनवटा सुकमेललाई मसिनो बनाए पिस्नुहोस्। त्यसपछि त्यसलाई पानीमा हालेर पिउनु भयो भने एसीडीटीको समस्याबाट राहत पाउन सक्नुहुनेछ। सुकमेल चिसो लागेको छ भने पनि निकै उपयोगी हुने गर्दछ।

पुदिना : पुदिना एसीडीटीका लागि रामबाण मानिन्छ। यो पेटसम्बधी विभिन्न रोगका लागि सहयोगी हुने गर्दछ। यसले एसीडीटीको समस्याबाट छुटकारा पाउनका लागि निकै उपयोगी हुने गर्दछ। तुलसी : तपाईको घर आँगनमा पाइने तुलसी एसीडीटीको समस्याबाट तुरुन्त राहत दिनमा निकै सहयोगी मानिन्छ। यसले पेटमा एसिडको प्रभाव कम गर्ने र पेटमा ग्यास भरिनबाट रोक्ने गर्दछ। एसीडीटीबाट छुटकारा पाउनका लागि खाना खाएपछि तुलसीको हात चपाउनुहोस्। यसो गर्दा एसीडीटी तुरुन्त कम हुने गर्दछ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read