HomeUncategorizedदुर्गेशसँग टिकटक लाइभमा आउँदा गल्ती भएकै होः गरिमा शर्मा

दुर्गेशसँग टिकटक लाइभमा आउँदा गल्ती भएकै होः गरिमा शर्मा

पछिल्लो केहि समय टिकटकबाट उदाएका मोडलहरुले म्युजिक भिडियोमा राज गरिरहेका छन्। महंगा नायक नायिकाहरुलाई लिन भन्दा टिकटकबाट उदाएका कलाकारहरुलाई लिदा सस्तो पारिश्रमिक, राम्रो प्रमोसनका लोभले पनि पछिल्लो समय लगानीकर्ता तथा निर्देशकको आँखामा टिकटकका मोडल पर्ने गरेका छन्।

यस्तै टीकटकबाट उदाएकी मोडल गरिमा शर्मा पनि म्युजिक भिडियोमा व्यस्त छिन् । पल शाह , पुष्प खड्का लगाएत धेरै संग स्क्रीन शेयर गरिसकेकी गरिमा व्यस्त भएपनि उनको कामको चर्चा भने खासै हुँदैन । उनी, कहिले नायक पल शाहसँगको निकटताका कारण चर्चामा हुन्छिन् त कहिले टिकटकमा उनले गर्ने विभिन्न खालका क्रियाकलापले उनको चर्चा हुन्छ ।

केही समय अगाडि मोडल तथा गायक दुर्गेश थापासँग टिकटक लाइभमा बोलेका कुराले गरिमाको चर्को आलोचना भयो । गरिमाले टिकटकमा के बोल्न हुन्छ र के हुँदैन भन्ने समेत भेउ पाइनन् । यसले, उनलाई आजसम्म पनि समस्या पारिरहेको छ ।

उनै, गरिमाले आफूले टिकटक लाइभमा आएर गल्ती गरेको भन्दै आगामी दिनमा शतर्क भएर अगाडि बढ्ने बताएकी छिन् । उनले भनिन्–‘त्यती सानो कुराले ठूलो रुप लिन्छ भनेर मैले सोचेकी पनि थिइनँ । शनिबार आफू अभिनित म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले अगाडि भनिन्–‘आफूलाई ठूलो भैसकेछु भन्ने महशुश गरेँ । त्यसलाई म आफ्नै गल्ती मान्छु । अर्को पटकबाट म सतर्क हुन्छ वा त्यसरी लाइभमा आउने गर्दिनँ ।’ त्यसयता आफू त्यसरी लाइभमा नबसेको पनि गरिमाले बताइन् ।

उनले अगाडि भनिन्–‘टिकटक मेरो कलाकारिता यात्राको जन्मथलो हो । मेरा गीतहरु आउँदा मैले प्रमोशन गर्नुपर्छ । त्यसका लागि लाइभमा बस्छु तर पहिलेको जस्तो कसैसँग ड्वेट गर्ने हिसाबले बस्दिनँ ।’

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read