Homeसमाचारलामखुट्टेले चालकलाई टोक्दा भक्तपुरमा कार दुर्घटना

लामखुट्टेले चालकलाई टोक्दा भक्तपुरमा कार दुर्घटना

भक्तपुरको गठ्ठाघरमा कार सामान्य दुर्घटनामा परेको छ । बी एए १३४८ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने रोचक देखिएको छ । चालकलाई उद्धृत गर्दै  भक्तपुर प्रहरीले दिएको जानकारी अनुसार कार चलाइरहेका बेला चालकलाई लामखुट्टेले टोकेको थियो । उक्त लामखुट्टेलाई मार्न खोज्दा अनियन्त्रित भइ कार दुर्घटनामा परेको हो ।

कार सडक किनारमा रहेको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा परी कारमा र रेलिङमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालकको मापसे परीक्षण भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read