Home खेलकुद स्थगित आइपिएलको युएईमा हुने बाँकी खेलको तालिका सार्वजनिक

स्थगित आइपिएलको युएईमा हुने बाँकी खेलको तालिका सार्वजनिक

स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) १९ सेम्टेम्बरदेखि युएईमा शुरु हुने भएको छ ।भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ सेप्टेम्बरमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच पहिलो खेल हुने जानकारी दिएको छ ।

गत मे मा भारतमा कोरोना महामारी तिब्र रुपमा बढेपछि खेल स्थगित गरिएको थियो ।आइपिएलको फाइनल खेल १५ अक्टोबरमा हुने भएको छ । यसको दुई दिन पछि नै आइसीसीको टी-२० विश्वकप पनि हुदै छ । बोर्डले २७ दिनमा कुल ३१ खेल खेलिने जानकारी गराएको छ ।

नयाँ तालिका अनुसार पहिलो क्वालिफायर खेल १० अक्टोबर, इलिमिनेटर खेल ११ अक्टोबर, दोस्रो क्वालिफायर १३ अक्टोबरमा खेलिने छ ।बोर्डले युएईमा आइपिएल टिम, खेलाडी, अफिसियल सबै कोरोनाको स्वास्थ्य मापदण्ड अन्तर्गत रहने बताएको छ ।गत मे ४ मा केहि खेलाडीलाई कोरोना संक्रमण भएपछि बोर्डले प्रतियोगिता नै स्थगित गरेको थियो ।

अहिलेसम्मको अंक तालिकामा दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अंक छ भने चेन्नई सुपरकिंग्स र रोयल च्यालेन्जर्स बैंगलोरको ७-७ खेलमा १०-१० अंक रहेको छ ।

त्यस्तै मुम्बई इण्डियन्सको ७ खेलमा ८ अंक छ भने राजस्थान रोयल्सको ७ खेलमा ६ अंक र पञ्जाब किंग्सको ८ खेलमा ६ अंक रहेको छ । त्यस्तै कोलकोता नाइटराइडर्सको ७ खेलमा ४ अंक र सनराइजर्स हैदरावादको ७ खेलमा २ अंक रहेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read