Homeअन्तर्राष्ट्रियमान्यता प्राप्त खोप लगाएको विदेशीले कतार प्रवेशपछि क्वारेन्टाइन बस्नु नपर्ने, मान्यता दिइएको...

मान्यता प्राप्त खोप लगाएको विदेशीले कतार प्रवेशपछि क्वारेन्टाइन बस्नु नपर्ने, मान्यता दिइएको खोप कुन?

कतारले मान्यता प्राप्त खोपको मात्रा पूरा गरेको भए कतार प्रवेश गर्ने विदेशीले क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । कतारमा सङ्क्रमितहरूको संख्या घट्न थालेपछि क्वारेन्टाइनमा केही खुकुलो पारिएको हो ।

कतारस्थित नेपाली दूतावासले कतार सरकारको नयाँ नियम उल्लेख गर्दै खोप लगाएको  कम्तीमा १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टाइन बस्नु नपर्ने बताएको छ । कतारले फाइजर, बायोन्टेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड-अक्सफोर्ड) र जोन्सन एण्ड जोन्सनको खोपलाई मात्र कतारमा मान्यता दिइएको छ ।

दूतावासका अनुसार मान्यता प्राप्त खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र अनिवार्यरूपमा साथमा राख्नु पर्नेछ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम÷प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर  र खोप लगाउने कार्यालयको छाप हुनुपर्ने छ । सिनोफर्म खोप लगाएका व्यक्तिको भने शरीरमा कोरोना प्रतिरोधी एण्टिबडी भए/नभएको परीक्षण गरिने बताइएको छ ।

कतार प्रवेश गर्नु ७२ घण्टाअघि गरिएको कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने यसअघिको अनिवार्य नियम भने यथावत रहेको छ । कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।

त्यस्तै कतार प्रवेश गर्नुभन्दा कम्तिमा १२ घण्टा अगाडि अनलाइनमार्फत प्रि–रजिस्ट्रेशन गरी तोकिएका कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिटसमेत साथमा बोक्नुपर्ने दूतावासले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read