Homeसमाचारकाठमाडौं महानगरमा कसको मत कति ?

काठमाडौं महानगरमा कसको मत कति ?

काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मतगणना चलिरहेको छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्। पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाएका छन्।

मतपरिणाम अनुसार १ लाख ९ हजार ५ सय ३७ गणनामा शाहले ३९ हजार ६ मत पाएका हुन्। उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई १६ हजार ९ सय ७४ मतले पछि पारेका छन्। सिंहले २२ हजार ७२ मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन्। स्थापित सिंहभन्दा ५०१ मतले पछि परेका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read