Homeमनोरञ्जनराजेश हमाल प्रचण्ड निवासमा किन पुगे ?

राजेश हमाल प्रचण्ड निवासमा किन पुगे ?

नेपाली फिल्म क्षेत्रका महानायक नायक राजेश हमाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेट भएको छ ।

माओवादी केन्द्र नजिकका संगीतकार चेतन सापकोटाको पहलमा महानायक हमाल र अध्यक्ष दाहालबिच शुक्रबार बिहान खुमलटार निवासमा भेट भएको हो ।

राजेश हमाल र पुष्पकमल दाहालबिचको भेटमा देशको राजनीतिक अवस्था, कला क्षेत्रको विकासको बिषयमा कुराकानी भएको थियो । तर, भेटमा पार्टी प्रवेश गर्ने वा कुनै राजनीतिक दलमा लागेर राजनीति गर्ने बिषयमा हमालले कुरा नगरेको चेतनले जानकारी दिएका छन् ।

तर, हमालले प्रचण्डसँगको भेटमा सरकारले चाहेको खण्डमा कुनै पनि पदमा बसेर आफूले देशको सेवा गर्न चाहेको बताएका थिए । राजेश हमालको भित्री इच्छा कुनै दलमा लागेर राजनीति गर्ने भन्दा पनि कुनै देशको राजदुत बनेर देशको सेवा गर्ने रहेको वुझिएको छ । हमालले घुमाउरो शैलीमा प्रचण्डसँग यो कुरा व्यक्त गरेका थिए ।

प्रचण्डसँग पहिलो पटक भेट गरेका महानायक हमालले हालसम्म कुनै पनि पार्टीको खुलेर बिरोध या समर्थन गरेका छैनन् ।

 

 

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read