Homeसमाचारयी हुन् रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को केन्द्रिय समितिमा रहेका सदस्यहरु

यी हुन् रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को केन्द्रिय समितिमा रहेका सदस्यहरु

सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ । आजमात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूको नामावली आजै सार्वजनिक गरेको छ ।

केही स्वतन्त्र उम्मेदवारहरुले पार्टीको नामप्रति विरोध जनाउँदै उजुरी दिए पनि आयोगले नाम दर्ता गरिदिएको हो । अब लामिछाने नेतृत्वको पार्टीको चुनावचिन्ह गोलाकारभित्रको घण्टी नै हुने भएको छ ।

आयोगले पार्टीको नाम १८७ नम्बरमा दर्ता गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीको केन्द्रिय समितिमा रहेका सदस्यहरुको नाम सार्वजनिक गरेका छन् ।

रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा. मुकुल ढकाल प्रवक्ता रहेका छन् । सार्वजनिक सूचीअनुसार सूचीको तेस्रो नम्बरमा डोल प्रसाद अर्याल रहेका छन् । यस्तै दीपकराज बोहरा पाँचौँ नम्बरमा रहेका छन् । २१ औँ नम्बरमा एलिजा गुरुङको नाम छ ।

 

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read