Homeअन्तर्राष्ट्रियउडिरहेको विमानभित्रै बलात्कार...

उडिरहेको विमानभित्रै बलात्कार…

एकजना बेलायती हवाइ यात्रुलाई रात्रिकालीन ट्रान्स एटलान्टिक उडानमा रहेको विमानको बिजिनेस क्लासमा एकजना महिलालाई बलात्कार गरेको आशंकामा गिरफ्तार गरिएको छ ।

नाम नखुलाइएका पीडित महिला पनि बेलायती नागरिक नै भएको बताइएको छ । अमेरिकाको न्युजर्सीको नेवार्कबाट बेलायतको राजधानी लन्डनतर्फ उडिरहेको सो विमानमा सबै निँदाएको अवस्थामा ती पुरुषले महिलामाथि आक्रमण गरेको बताइएको छ ।

बेलायतको सन पत्रिकाकाअनुसार ती महिलाले युनाइटेड एयरलायन्सका कर्मचारीहरूलाई घटनाबारे जानकारी दिएकी थिइन् । कर्मचारीहरूले तत्कालै प्रहरीलाई घटनाबारे उजुरी गरेका थिए । सुरक्षा अधिकारीहरूले घटनास्थलमा फोरेन्सिक परीक्षण गरेका थिए ।

चालिस वर्षीय ती पुरुषलाई प्रहरीले हिरासतमा लिएर हिथ्रो प्रहरी कार्यालयमा लगेका थिए । अनुसन्धान जारी राखिने शर्तमा उनलाई अहिले हिरासतमुक्त गरिएको छ । उनीहरूबीच पहिले चिनजान भएको नदेखिएपनि उडानको दौरान दुवैलाई क्याबिनको लाउन्ज वारमा कुरा गर्दै पेय पदार्थ लिँदै गरेको देखिएको थियो ।

चालिसै वर्ष उमेरकी ती महिलालाई सरकारी अधिकारीहरूले सहयोग गरेका थिए । थप अनुसन्धान जारी रहेको बताइएको छ ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read