Homeसमाचारमदिरा पिएर श्रीमती कुट्ने क्याम्पस प्रमुख निलम्बित

मदिरा पिएर श्रीमती कुट्ने क्याम्पस प्रमुख निलम्बित

मध्यपश्चिम विश्वविद्यालयले अभद्र ब्यवहार गर्ने तिलाकर्णाली वहुमुखि क्याम्पस कालीकोटका क्याम्पस प्रमुख लक्ष्मण सिहंलाई निलम्वन गरेको छ । मदिरा सेवन गरी लेखापाल, प्राध्यापक र आफ्नै श्रीमतीलाई समेत कुटपिट गर्ने सिहंलाई निलम्वन गरिएको बिश्वबिद्यालयले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका भिसि डाक्टर नन्दवहादुर सिहंले आफ्नो मर्यादामा नवस्ने श्रीमती समेतलाई सुरक्षित राख्न नसक्ने आफै हिंसा गर्ने अपराधिलाई एक मिनेट पनि राख्न नसकिने भन्दै निलम्वन गरि छानविन अगाडी वढाएको वताए । सिहंलाई निलम्बन गरेर सहयाक क्याम्पस प्रमुख प्रध्यापक रुद्र साप्कोटालाई प्रमुख वनाईएको उनले बताए ।

भिसी सिहंले घटनाको छानविनका लागि तीन सदस्य समिति वनाएर घटनास्थल कालीकोटमा पठाईसकेको जानकारी दिए । तीन सदस्यीय छानविन समितिको नेतृत्व ब्यवस्थापक संकायका डिन प्रोफेसर डाक्टर जितवहादुर रावतले गरेका छन् । समितिमा कानुन संकायका प्रमुख र एक शिक्षा संकायका सदस्य रहेका छन् । समितिले कालीकोट पुगेर सुरक्षा निकाय, पत्रकार, प्रध्यापक र अन्य सरोकारवालासंग भेटेर प्रतिवेदन वुझाउने छ ।

क्याम्पस प्रमुख लक्ष्मण सिहंले गएको शनिवार आफ्नै श्रीमतीलाई कुटपिट गरेपछि प्रहरीले उद्धार गरी आफन्तकोमा पठाएको थियो ।

आईतवार श्रीमतीले प्रहरी समक्ष निवेदन दिएकी थिइन् भने सोमवार क्याम्पसका लेखापाल पदमवहादुर बिष्ट, प्राध्यापक, वडा नं ३ का वडा अध्यक्ष र अन्य स्थानीय अबिभावकलाई समेत हातपात गरेका थिए ।

राजधानी दैनिकबाट साभार

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read