Homeसमाचारउत्तर कोरियामा हाँस्न लगाइयो प्रतिबन्ध, कारण यस्तो

उत्तर कोरियामा हाँस्न लगाइयो प्रतिबन्ध, कारण यस्तो

उत्तर कोरियामा हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँस्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो ।

उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने भएको हो ।

उत्तर कोरियामा शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा मदिरापान गर्न पूर्ण रुपमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियामा अहिले किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् । किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, मदिरापान गर्न नपाउने र कुनै प्रकारको खुशी मनाउन नपाउने गरी प्रशासनले आदेश जारी गरेको छ ।

शोकको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन भनिएको छ । सरकारी आदेश उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठुलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्मयका अनुसार उत्तर कोरियामा विगतमा पनि शोकको अवधिमा सरकारी आदेश उल्लंघन गरेको आरोपमा कयौंलाई नियन्त्रणमा लिइएको थियो । तिनलाई वैचारिक अपराधीका रुपमा सजाय दिइएको बताइन्छ ।

उत्तर कोरियाका तत्कालीन सर्वोच्च नेता किम जोङ्ग इलको १७ डिसेम्बर २०११ मा निधन भएको थियो । उनले १७ वर्षसम्म देशमा शासन गरेका थिए । किम जोङ्ग इलको निधनपछि उनका छोरा किम जोङ्ग उन सत्तामा आएका हुन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read