Homeमनोरञ्जनप्रतिस्पर्धी सुन्दरीहरुमा संक्रमण देखिएपछि ‘मिस वर्ल्ड २०२१’ स्थगित

प्रतिस्पर्धी सुन्दरीहरुमा संक्रमण देखिएपछि ‘मिस वर्ल्ड २०२१’ स्थगित

कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’ पनि स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौं प्रतिस्पर्धीलाई संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ ।

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापनअघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् । प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउन्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ ।

समाचारअनुसार प्रतियोगितामा सहभागी १७ प्रतिस्पर्धीमा पजिटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि छिन् । आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरूका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । जसकारण संक्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।

आयोजकले आगामी ९० दिनभित्र अहिलेकै स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगीहरू र सम्बन्धित कर्मचारीहरूलाई एकान्तवास र निगरानीमा राखिएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूको मञ्जुरीपछि उनीहरूलाई घर फर्कन अनुमति दिइने बताइएको छ । आयोजकले प्यूर्टो रिको स्वास्थ्य विभागसँग परामर्श गर्न भायरोलोजिस्ट र चिकित्सकहरूसँग बैठक बसेर प्रतियोगिता स्थगितको निर्णय लिएको हो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read