Home समाचार कमेडी च्याम्पियनमा कन्टेन्ट चोरी गर्नेलाई शो बाट हटाईयो

कमेडी च्याम्पियनमा कन्टेन्ट चोरी गर्नेलाई शो बाट हटाईयो

कमेडी च्याम्पियनमा कन्टेन्ट चोरी गर्नेलाई शो बाट हटाईएको छ।              

केही दिन अघि कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसनमा सिराहाका तपेश्वर सिंहले एक ईण्डियन युट्युबरको कन्टेन्ट हुबहु कपि गरि “गोल्डेन कि” जितेका छन्।ईमान्दार नेताको बारेमा दिईएको उक्त प्रस्तुती ईण्डियन युट्युबर “सतिस रे” नामक युट्युब च्यानलबाट सन् २०१९ नोभेम्बर २७ मा अपलोड गरिएको कन्टेन्ट संग लगभग सतप्रतिशत मिल्दोजुल्दो थियो।

उक्त भिडियो युट्युब तथा फेसबुक पेज मार्फत सार्वजनिक भएपछि चारैतिर बाट कन्टेन्ट चोरिको आरोप लागेको थियो।उक्त आरोप पछि कमेडी च्याम्पियन परिवारले ध्यानाकर्षण भएको र उचित छलफल पछि निर्णय गर्ने कुरा सार्वजनिक गरेको थियो।

छलफल पछि कमेडि च्याम्पियन परिवारले तपेश्वरको गोल्डेन कि फिर्ता लिदै टप २४ बाट निष्काशन गर्दै तपेश्वरको ठाउँमा अक्जल पुजारीलाई टप २४ मा प्रवेश दिएको छ।


उक्त निर्णय सार्वजनिक गर्दै कमेडी च्याम्पियनले अरूबाट सिकौँ तर सिर्जना गर्दा नितांत आफ्नो होस्; त्यसले नै एक कलाकारको कलालाई सुन्दर र भिडबाट अलग बनाउँछ भन्ने कुरा आफ्नो आधिकारिक पेज मार्फत सार्कजनिक गरेको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read