Homeअनमोल भनाईहरुअक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ

अक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ

१. सबैभन्दा स्थिर चिज आशा हो किनकि मानिसले सबै कुरा गुमाइसकेपछी पनि रहिरहन्छ ।

२. जिन्दगीले एकैपटक नै सहि तर त्यस्तो व्यक्तिसित अवस्य मिलाउछ जसको साथमा हामी आफ्नो सुखदुख सब बाड्न सक्छौ ।

३. समय सधै एकनास हुदैन पालोसबैको आउँछ ढिलो चाडो मात्र हो, आज अरुलाई रुवाउने मान्छे भोली आफै रुन्छ।

४. हृदयमा साचो मानवता भएको मानिसले सधै यो सोच्छ कि, मैले भोगेको दुख अरुले भोग्न नपरोस् र मैले पाएको सुख सबैले प्राप्त गरुन। जस्को आखामा घमण्डको पर्दा हुन्छ न उसले अरुको गुन देख्छ न आफ्नो बैगुन नै देख्छ।

५. एक सफल जिन्दगी भन्दा सन्तुष्ट जिन्दगी निकै राम्रो हो किनकी सफलता अरु मानिसले मानिदिएर भैदिन्छ तर सन्तुष्ट आफ्नै मन, मस्तिष्क र आत्माले हुने हो।

६. विश्वासको पनि एउटा सिमाना हुन्छ जसलाई कायम राख्न सत्य बोल्न अनि दुख सहन सक्ने मन हुन जरुरी छ ।

७. हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।

८. मान्छे जतिसुकै खुशी किन नहोस् तर खुशी बाड्नको लागि कोही मान्छे नै छैन भने त्यो खुशीको कुनै अर्थ हुँदैन।

९. मूर्ख बाट गरिएको तारिफ सुन्नु भन्दा बुद्धिमान ब्यक्तीको गाली सुन्ने बानी बसाल्नुस। सच्चाइ नमिठो नै भएपनि लाभदाही हुन्छ ।

१०. खुशी एक महसुस हो जो कोही पनी यसको खोजीमा हुन्छ तर दुख एक अनुभव हो यो थोरै धेरै सवैको साथ हुन्छ ।

११. जिन्दगी जिउने दुइवटा मात्र तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउ, या जे पाएका छौ त्यसलाई अपनाउ । जसको समय खराब छ त्यसलाई साथ अवस्य दिनुस तर जसको नियत नै खराब छ त्योसित टाढै बस्नुहोस् ।

१२. दुई वटा अनुहार मान्छेले कहिल्यै भुल्दैन एउटा मुश्किल मा साथ दिनेलाई अर्को मुश्किल मा साथ छोड्नेलाई।

१३. अक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ ।

१४. दुनियाको हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ तर एउटा सफलता मात्र यस्तो चीज हो जुन ठक्कर खाएर मात्र मिल्ने गर्छ ।

१५. यदि तपाइलाई कोहि एक व्यक्तिसित गुनासो छ भने उसित कुरा गर्नुस, यदि तपाइलाई अधिकतर व्यक्तिसित सिकायत छ भने आफैसित कुरा गर्नुस।

१६. साथ एकदिन आफ्नै शरीरले छाडेर जान्छ, माया अनि साथीहरु सँग के गुनासो गर्नु ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read